सिरहा प्रशासनले स्थानीय तहलाई भन्यो-कोरोना नियन्त्रणको खर्च सार्वजनिक गर

जनकपुरधाम । सिरहा प्रशासनले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सिरहा प्रशासनले जिल्लाका सम्पूर्ण स्थानीय तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई योजना तथा खर्च विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । सरकारी अस्पताल, स्वास्थ्य कार्यालय, गाउँपालिका, नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका सबै संस्थालाई योजना, आम्दानी तथा खर्च विवरण अद्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको सिरहाका प्रमुख अधिकारी प्रदिपराज कँडेलले बताए ।

डीसीसीएमसी सिरहाद्वारा जारी सूचनामा गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण ५ जेठभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको छ । गत आर्थिक वर्षमा पनि डीसीसीएमसीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सबै स्थानीय तहलाई सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

कतिपयले विवरण सार्वजनिक गरे पनि अधिकांश स्थानीय तहले भने सार्वजनिक गरेनन् । विवरण बुझाएका स्थानीय तह तथा कार्यालयहरूमा पनि व्यापक अनियमितता भएको विवरणमा देखिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस