गंगामा शव बगेर आउन थालेपछि बिहारले राख्यो उत्तर प्रदेशको सीमामा जाली

बिहार । शंकास्पद कोरोना संक्रमितका शव गंगामा धमाधम बगेर आउन थालेपछि भारतको विहार राज्यका अधिकारीहरूले छिमेकी राज्य उत्तर प्रदेशको सीमामा गंगा नदीभित्र जाली राखेका छन्।
विहारका जलस्रोत मन्त्री सञ्जयकुमारले उत्तर प्रदेशको सीमा जोडिने ठाउँमा गंगाभित्र जाली राखिएको जानकारी दिएका छन् ।

केही दिनयता गंगा नदीमा तैरिरहेका ७१ वटा शव विहारका अधिकारीहरूले फेला पारेका थिए। उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव दाह संस्कार नगरी नदीमा फालिएको हुन सक्ने स्थानीयहरूले आशंका गरेका छन्। पोस्टमार्टम रिपोर्टमा बगेर आएका शवहरू चार-पाँच दिन पहिला मृत्यु भएकाहरूका भएको देखिएको छ।

संक्रमितका शव त्यसरी नदीमा फालिँदा धार्मिक नदीको रूपमा रहेको गंगाबाट तल्लो क्षेत्रका मानिसमा कोरोना फैलिन सक्ने भन्दै विहारका अधिकारीहरूले शव बग्न नदिन सीमामै जाली लगाएका हुन्।

उत्तर प्रदेशमा संक्रमणबाट मृत्यु भएकाका आफन्तले जलाउने ठाउँ नपाएर वा जलाउने दाउरा किन्ने पैसा तिर्न नसकेर शव नदीमा फालिदिएको हुन सक्ने आशंका गरिएको छ। एजेन्सी

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780