सुनसरीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो, अस्पतालबाहेक सबै व्यवसाय बन्द

सुनसरी । सुनसरीमा वैशाख ३१ गते मध्यरातिदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बुधबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यो अवधिमा खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसलहरुसमेत पूर्णरुपमा बन्द गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएकोमा सर्वसाधारणको भीडभाडले जिल्लामा कोरोना संक्रमितको वृद्धि र मृत्यु दर अत्यधिक बढेकाले अबको निषेधाज्ञालाई झन् कडा गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘वैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा औषधि खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन इिइने छैन ।  उनका अनुसार औषधि र स्वास्थ्य सामग्री तथा इनधन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याास मात्र खोल्न पाइनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस