ईदका अवसरमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत उनले गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस