धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा थपियो

जनकपुरधाम । धनुषामा जेठ  १० ओ गतेसम्म निषेधाज्ञा थप हुने भएको छ । बिहीवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा  लम्ब्याउने  निर्णय  गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार वैशाख ३१ गते राति १२ बजेदेखि जेष्ठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ ग्ते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोनाका नयाँ भेरिएन्टको संक्रमण बढ्दै गइरहेको र लक्षणसहितका संक्रमित बिरामीहरुको अस्पतालमा चाप बढेको अवस्थालाई विश्लेषण गरी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

संक्रमणको दर बढ्दै गइरहेको कारणले अस्पतालमा अक्सिजनको माग बढेको तर आपूर्तिमा समस्या बढ्दै गइरहेको छ । यससन्दर्भमा जिल्ला भित्रका कोभिड डेडिकेटेड अस्पताललाई प्राथमिकताका आधारमा आपूर्ती गर्न नेपाल प्रहरीमार्फत विभिन्न उद्योग प्रतिष्ठान तथा अन्यबाट संकलित १२५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराउन अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस