प्रदेश १ मा भोलि सार्वजनिक बिदा

बिराटनगर । प्रदेश १ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश सरकारको बर्षभरिको सार्वजनिक बिदाको सूचीमा ईद (इदुल्ल फित्र) पनि रहेकोमा उक्त पर्व बैशाख ३१ गते शुक्रबार पर्ने भएको उल्लेख छ ।

सूचनामा बिदाको दिन प्रदेशभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस