राष्ट्रपति कार्यालयले भन्यो : बहुमतको सरकारका लागि दावी परेन

जनकपुरधाम । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ । बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री पदका लागि दाबी गर्न आह्वान गरेकी थिइन् । उक्त समयमा दाबी नपरेको औपचारिक जानकारी भर्खरै विज्ञप्तिमार्फत् राष्ट्रपति कार्यालयले गराएको हो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780