जनकपुरधाम, ३१ वैशाख । कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि ७३ जिल्लामा निषेधाज्ञा विस्तार गरिएको छ ।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्न समेत निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ भने काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको हो ।