मुख्यमन्त्री राउतद्वारा घरमै बसेर पर्व मनाउन आग्रह

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले  स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेका छन ।

इस्लाम धर्मालम्बीहरूको महान पर्व ईल–उल फित्रको अवसरमा प्रदेशवासीमा शुभकामना सन्देश दिदै घरमै बसेर पर्व मनाउन आग्रह गरेका हुन ।

सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गर्दै मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबृद्धि होस् भनि कामना गर्नुभएको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको हुँदा मुख्यमन्त्री राउतले सरकारले निर्धारण गरेको मापदण्डलाई पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन अपिल गर्नु गर्नुभएको छ ।

प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रबार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक विदा दिएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780