शपथसँगै मन्त्रिमण्डल विस्तार गर्ने ओलीको तयारी

जनकपुरधाम, ३१ वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

उनी आज साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् भने पहिलो चरणको मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाएको छ । यद्यपी, बन्न लागेका मन्त्रीहरुको नाम भने टुङ्गो लागको छैन् ।

पहिलो चरणमा केही पुरानै मन्त्रीहरु दोहोरिने र माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षकालाई समेटेर मन्त्रीमण्डल विस्तार सम्भावना रहेको एमाले स्रोतको भनाई छ । तर अझैं नेपाल र ठाकुर पक्षबाट नाम आइपुगेको छैन् भने दुवै पक्षबाट २ बजेभित्र केही नामहरु आउनसक्ने बताइएको छ ।

उता, नेकपा एमालेको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराइले प्रधानमन्त्रीले सपथसँगै मन्त्रिमण्डलको विस्तार गर्न लागेको बताए । तर, को–को मन्त्री भन्ने टुङ्गो लागि नसकेको उनले बताए ।

जसपाका केन्द्रीय कार्यकारी समितिका सदस्य केशव झाले सरकारमा सहभागी हुन हामी सकारात्मक भए पनि माग सम्बोधन नभएसम्म सरकारमा नजाने बताए । संविधानको धारा ७६ को उपधारा ९४० ले नवनियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्न गर्नुपर्ने व्यवस्था गरेकाले नेता नेपाल र जसपा महन्थ ठाकुर पक्षबाट पनि सरकारमा सहभागीता हुने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780