ईद पर्व मनाउँदै,प्रदेश १ र २ मा सार्वजनिक बिदा

जनकपुरधाम । रमदान अर्थात रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी शुक्रबार इदुलफित्र अर्थात ईद मनाउँदैछन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोभिडका कारण घरमै बसेर ईद मनाउने भएका छन् । यसपाली कोभिड संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान पनि गरेको छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २ दशमलव ५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रदेश १ र २ मा शुक्रबार यसै पर्वको अवसरमा बिदा समेत दिइएको छ ।

ईदका अवसरमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश १ मा भोलि सार्वजनिक बिदा

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780