मोरङमा १० दिन थपियो निषेधाज्ञा

बिराटनगर । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थपेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभर निषेधाज्ञाको समय १० दिनलाई थप गरेका हुन् ।

जेठ १ गते राति १२ बजेदेखि लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार अधिकारीले जानकारी दिए ।

मोरङमा गत शुक्रबार दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । उक्त निषेधाज्ञा १ जेठमा सकिँदैछ । तर दोस्रो लहरको कोरोना महामारीमा सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम कायमै रहेपछि तेस्रो पटक निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ कोषहरि निरौलाले बताए ।

उनका अनुसार निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद–बिक्री गर्न छुट छ । त्यस्ता पसल पनि खुला गर्न दिइएको छ । औषधि पसललाई २४सै घण्टा तथा अत्यावश्यक खाद्यवस्तु र तरकारी पसललाई बिहान दस बजेसम्म तथा बेलुकी पाँच बजेदेखि उताको समयमा खोल्न दिइएको छ ।

यता, बैङ्क तथा बित्तीय संस्थालाई नेपाल राष्ट्र बैङ्कले तय गरेको गाइडलाइनअनुसार सञ्चालन गर्न अनुमति दिइएको उनले बताए । यस्तै, निर्माणसम्बन्धी कामको हकमा भने सरकारी आयोजनाका कामबाहेक अन्य निजी काममा रोक लगाउने निर्णय भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस