नेपाललाई आपतकालिन सहयोगको जरुरीः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले नेपालसहितका देशहरु संक्रमणसँग जुध्न उच्च संघर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगालाई निरन्तरता दिनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780