लागुऔषधसहित २० वर्षीय युबक पक्राउ

जनकपुरधाम । महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिकाका २० वर्षीय दीपक सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

सिंहलाई महोत्तरीको औरही नगरपालिका–४ कठुधारस्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले स्कुटी चेक गर्दा एक्सिप्लोनक्लाब १५ बोतल बरामद गरेको प्रवक्ता विष्टले बताए।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780