भारतले हटायो प्लाज्मा थेरापीबाट उपचार गर्ने विधि

एजेन्सी । भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ । संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो ।

गत साता बसेको कोभिड–१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी सबै जनाले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिए । यसअघि नै वैज्ञानिकहरूले प्लाज्मा थेरापीले संक्रमितलाई कुनै फाइदा नहुने भन्दै त्यो उपचार विधि ठिक नभएको बताउँदै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस