जंगली हात्तीको आक्रमणबाट ४५ वर्षीय युवाको मृत्यु

बिराटनगर । जंगली हात्तीको आक्रमणमा परेर मेचीनगर नगरपालिका मागुरमाडीका एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ४५ वर्षीय श्याम राइको हात्तीको आक्रमणमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

गएराति १२:३० बजे गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

टाउको र खुट्टामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान २:३० बजे निधन भएको प्रवक्ता थापाले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780