रविन्द्र मिश्रको प्रश्न- विश्वासको मत पाउने स्थिति नभएका प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न मिल्छ ?

जनकपुरधाम । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभा विघटन गर्ने कदम अपराधको पराकाष्ठा भएको बताएका छन् ।

शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मिश्रले चार प्रश्न उठाएका छन् । उनले विश्वासको मत निलएका र त्यो प्राप्त हुने स्थिति छैन भनेका, सरकार नेतृत्वको दावी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्ने सिफारिस गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

हेर्नुस् मिश्रको स्टाटस :

अपराधको पराकाष्ठा!
१। विश्वासको मत नलिएका, त्यो प्राप्त हुन सक्ने स्थिति छैन भनेका, सरकार नेतृत्वको दावी पनि अस्विकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्ने सिफारिश गर्न मिल्छ?
२। देशका भूपू प्रमसहित सांसदहरूको किर्ते सही राष्ट्रपतिको कार्यालयमैँ पुगेपछि, त्यो पहिलेबाट छानविन गर्न पर्छ कि पर्दैन?‌
३। देशमा महामारी छ। मान्छे मरिरहेका छन्। नागरिकहरू स्वयं औषधी, अक्सिजन, खानाको जोहो गरेर निसाहयलाई सहयोग गरिरहेका छन्। विदेशीहरु विमान चार्टर गरेर सहयोग लेराइरहेका छन्। सरकारचाहिँ यस्तो अवस्थामा अर्बौँ रूपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्ने?‌
४। प्रश्नहरू फेरि गएर सर्वोच्च अदालतमा ठोकिएको छ। सर्वोच्च अदालतले संसद विघटनबारे यसपटक के निर्णय लिनेछ, अहिलेको स्थितिमा हेर्दा, त्यसले नै भावी बाटो तय गर्ने देखिन्छ। भूराजनीतिक चलखेल, आन्तरिक राजनीति र व्यक्तिहरूको महत्वाकांक्षाको असर सर्वोच्चमा नपरोस् भन्ने कामना गरौँ !

Author:



क्याटोगरी छान्‍नुहोस