उपेन्द्र–बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक दिउँसो ३ बजे बस्न लागेको छ।

बाबुराम तथा उपेन्द्र पाँच दलको सर्वदलीय बैठकमा सहभागी हुन गएकाले ढिलो गरी बैठक बस्न लागेको कार्यकारिणी समितिका एक जना सदस्यले मधेशलाईभलाई बताए। शुक्रबारै महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित गरे पनि भट्टराई–यादव पक्षले भने शुक्रबार दिउँसोका लागि बैठक बोलाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा प्रतिनिधि सभा विघटनपछि आपनाइने रणनीतिका विषयमा बैठकमा छलफल हुने उनले बताए । पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतोले पार्टी नीति विपरीत गतिविधि गरेकाले त्यस विषयमा छलफल भइ कारवाही हुनसक्ने कार्यकारिणी समितिका एक जना सदस्य बताए।

जसपाको ५२ जना (जेलमा रहेका रेशम चौधरी) सहित कार्यकारिणी समिति छ। त्यसमध्ये बाबुराम–उपेन्द्रपक्षले ३० जना भन्दा धेरै कार्यकारिणीमा भएको दाबी गरेको छ। यसअघि वैशाख १४ गते बसेको कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षका २७ जनाले हस्ताक्षर गरेका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस