प्रदेश २ : लागुऔषधसहित ६ जना पक्राउ

जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानबाट नाबालकसहित ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका– ४ का २२ वर्षीय रबिन साह, १५ वर्षीय नाबालक, बर्दिवास नगरपालिका–१२ का ३४ वर्षीय रञ्जन आले, वडा नं. १४ का २८ वर्षीय इन्द्रजित साह सोनार, सिन्धुलीको कमलामाई नगरपालिका–६ का २४ वर्षीय रोशन थापा र सिन्धुलीकै गोलन्जोर गाउँपालिका–५ का रोहित थापा रहेको प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

शुक्रबार दिउँसो चेकजाँचका क्रममा महोत्तरी औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट माईस्थानतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा रबिन साह र १५ वर्षीय नावालकलाई नियन्त्रणमा लिइएको छ।

दुबैजनालाई एक्सिप्लोन १०० एमएलका ६९ बोतल, नाइट्रोभेटको ४५ वटा ट्याब्लेट, एस्पास्मोप्रोक्सिवन प्लस २४ वटा ट्याब्लेटसहित पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा लागुऔषध बर्दिवासका रञ्जन आलेले मगाएकाले उनलाई समेत नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए।

त्यस्तै, बर्दिवास नगरपालिका–३ पाटुस्थित लागुऔषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटेको प्रहरी टोलीले इन्द्रजित साह सोनार, रोशन थापा र रोहित थापालाई एस्पास्मो प्रोक्सिवन प्लस ४० पिस, कोडेन फोसफेट एन्ड क्लोरफेनिरामाइन माइलेट सिरप १०० एमएलको २५ बोतलसहित नियन्त्रणमा लिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस