प्रचण्डले भने– संसद फेरि पुनःस्थापना हुन्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताएका छन् । उनले आफूहरु संसद विघटनविरुद्ध अदालत जानेर अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी गरे ।

विपक्षी गठवन्धनको वैठकपछि प्रचण्डले पत्रकारसँग भने,‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं ।’

अघिल्लोपटक संसद विघटनविरुद्ध अदालत र सडकबाट प्रतिवाद गरिएको भन्दै यसपाली पनि त्यसै गरिने उनले बताए।

‘अदालतले अन्ततः फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा फैसला गर्दै संसद पुनःस्थापना गर्नेछ । त्यो पहिलो एपिसोडमै देखिएको हो,’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस