उपेन्द्र पक्षको कार्यकारिणी बैठक : ३१ सदस्य उपस्थित भएको दावी

जनकपुरधाम । जनता समाजवादी पार्टीको ( जसपा) कार्यकारिणी बैठक जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी बैठकमा ३१ सदस्य उपस्थित रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए ।

राईका अनुसार अहिले अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ उनले भने भने,‘संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठले प्रतिवेदनमाथि छलफल गरिसकेका छन् ।

जसपाको कार्यकारिणी समिति ५१ सदस्यको छ।

Author:



क्याटोगरी छान्‍नुहोस