सुरक्षा निकायलाई गृहको निर्देशन- सडकमा भिडभाड गर्न नदिनू

जनकपुरधाम । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिएकाे छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिइएको हाे।

‘संक्रमणको जोखिम कायम रहेकाले भिडभाडजन्य गतिविधि नगर्न सुरक्षा निकायलाई सचिवज्यूले निर्देशन दिनुभएको छ’, गृहका प्रवक्ता जनकराज दाहालले मधेशलाईभ सँग भने, ‘सबै जिल्लामा पनि सर्कुलर गरेका छौँ । कोभिड अध्यादेश अक्षरस कार्यान्यन गर्न गृहले भनेको छ ।’

सडकमा भिडभाड गरेमा अध्यादेशमा भए अनुसार कारबाही गरिने उनले बताए । अध्यादेशमा एक वर्ष कैद र पाँच लाख जरिवाना गरिने उल्लेख छ । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेसँगै गृहले शनिबार तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस