संसद विघटन विरुद्ध कत्तै प्रदर्शन त कत्तै पुत्ला दहन

राजविराज, ८ जेठ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीति तातेको छ ।

कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको बेला प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरिएको कदमलाई असंवैधानिक र अव्यवहारिक रहेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।

सो कार्य विरुद्ध राजनितिक दलदेखि नागरिकहरु सडकमा उत्रिन थालेका छन् भने कोरोनाको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञा जारी रहेकै बेला विभिन्न जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्न थालिएको हो ।

यसैबीच नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आज राजविराजका विरोध प्रदर्शन गरेका छन् । उनीहरुले संसद पुर्नर बहाली हुनुपर्नेमा माग गर्दै प्रदर्शन गरेका हुन् ।

उता, जनता समाजवादी पार्टी (जसपा) नेपाल बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका कार्यकर्ताले सुनसरीको धरानका विभिन्न ठाउँमा पुत्ला दहन गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस