कोरोनाको दोस्रो लहरः सप्तरीमा १९१ जना निको भए, कुन ठाउँका कति ?

राजविराज, १० जेठ । सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) मा संक्रमण पुष्टि भएका १९१ जना निको भएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आजसम्म ५९ महिला र १३२ पुरुष जना निको भएका छन् ।

सोही अवधिमा ४३८ महिला र १ हजार १३ पुरुष गरी १ हजार ४५१ जना संक्रमित भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । संक्रमितमध्ये अहिलेसम्म ९ महिला र ४३ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस