प्रदेश २ मा थप २८९ जनामा देखियो कोरोना

जनकपुरधाम । प्रदेश २ मा थप २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित हुनेको संख्या ३० हजार ३ सय ९८ पुगेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ५ सय ५६ जनाको पीसीआर जाँच गर्दा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ७६ जनाको पीसीआर जाँच गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ भने १८ जनाको एन्टिजेन विधिबाट जाँच गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै रौतहटको गौर अस्पतालमा २ सय २ जनाको पीसीआर जाँच गर्दा १२ जनामा र ५ जनाको एन्टिजेन विधिबाट जाँच गर्दा पाँचै जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पर्साको नारायणी अस्पताल वीरगंजमा १ सय ९२ जनाको पीसीआर जाँच गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सोमबार धनुषामा १ सय ३४, महोत्तरीमा ४५, सप्तरीमा ३२, रौतहटमा २०, सर्लाहीमा १९, पर्सामा १९, बारामा १२, सिरहामा ४ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ९७ पुगेको छ। संक्रमितहरुमध्ये ७ सय ५ जना प्रदेशको विभिन्न अस्पताहरुमा रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १९ हजार २ सय २० पुगेको छ। आज पर्सामा २२, धनुषामा १९, महोत्तरीमा १०, सिरहामा ३ र सप्तरीमा १ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस