पानीमा डुबेको अवस्थामा महिलाको शव भेटियो

विराटनगर । मोरङको सिङ्घिया खोलामा पानीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको छ । विराटनगरको घिनाघाटमा खण्डमा मङ्गलबार दिउँसो महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन पुलको जग खन्दा जमेको खाल्डोमा डुबेको अवस्थामा महिलाको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन ।

यस विषयमा अनुसन्धान थालिएको डिएसपी राईले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस