एम्बुलेन्समा गाँजा ओसार्ने दुई जना धरानबाट पक्राउ

बिराटनगर । कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–२ रत्नरोडबाट प्रहरीले गाँजासहित एम्बुलेन्स चालक धरान–१५ का ३६ वर्षीय बलबहादुर लिम्बू र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान–११ बस्ने २८ वर्षीय पोशन राईलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमबार साँझ अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । एम्बुलेन्सको पछाडि राखिएको २५/२५ किलोको ४ वटा झोलामा एकसय केजी गाँजा बरामद गरेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस