महन्थले उपेन्द्रलाई सोधे-ओलीलाई गर्नुपर्ने समर्थन देउवालाई किन?

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।

‘तपाईंले जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति जेठ ८ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो?,’ स्पष्टीकरण सोधिएको पत्रको ६ नम्बर बुँदामा यो प्रश्न छ।

यस्तै सर्वोच्च अदालतमा पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनसँग मिलेर किन रिट दिएको भन्ने प्रश्न पनि ठाकुरले यादवसँग सोधेका छन् ।

यस्ता छन् स्पष्टीकरणका ७ बुँदाः

Author:



क्याटोगरी छान्‍नुहोस