साझा विवेकशील पार्टीका नेता उज्ज्वल थापा रहेनन्

जनकपुरधाम । साझा विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

कोरोना संक्रमणको पछिल्ला रिपोर्ट नेगेटिभ आए पनि उनको आज अपरान्ह ४ः २५ बजे निधन भएको परिवार तथा शुभेच्छेकहरुले सार्वजनिक पत्रमार्फत जानकारी गराएका छन् ।

अस्पतालले विज्ञप्ति जारी गर्दै थापाको निधन भएको पुष्टि भएको छ । थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गरेका थिए । पछिल्लोसमय उनले मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । अहिले विवेकशील र साझा पार्टी एकीकरण भएर साझा विवेकशील पार्टी बनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस