राजविराजमा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलाइयो (तस्बिर)

राजविराज, १८ जेठ । सप्तरी सदरमुकाम राजविराजमा आज जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता–कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलगाएका छन् । प्रतिनिधिसभा (संसद) विघटनको विरोध गर्दै जसपा नेपाल मधेस प्रदेश समितिले गरेको निर्णय अनुसार नेता–कार्यकताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएका हुन् ।

समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा जेठ १३ र १४ गते बसेको प्रदेश समितिका पदाधिकारीहरू तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट ओली सरकारको कदमलाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै विरोध स्वरुप संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

सोही अनुसार प्रतिनिधिसभा पुर्नबहालीको माग गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला गरिएको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले बताए । जसपाले यसअघि सार्वजनिक गरेको संघर्षका कार्यक्रमअन्तर्गत भोली (जेठ १९ गते) साँझ ५ बजे सबै स्थानीय तहको केन्द्र तथा मुख्य शहरहरुमा मसाल जुलुस निकाल्ने लगायतका कार्यक्रम छन् ।

 

तस्बिरः सौरभ यादव/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस