राजविराज, १८ जेठ। काेभिड-१९ संक्रमणलाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सप्तरीका १३ जना व्यवसायीलाई कारबाही गरिएको छ । उनीहरूले निषेधाज्ञाकाे अवधिमा पसल खोलेकाले कारबाही गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरि कारबाही गरिएको उनले बताए ।
उनका कारबाहीमा पर्नेहरुमा राजबिराज किराना पसल, कस्मेटिक पसल, मोबाईल पसल, कपडा पसल, फलफुल लगायतका पसल संचालकहरु छन् ।
उनीहरुलाई कोभिड–१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराएर जरिवाना गराई छाडिएको जनाएको छ ।