सिरहामा फेरि थपियो निषेधाज्ञा, अत्यावश्यक पसलहरु दिउँसो १ बजेसम्म खोल्न पाइने

लहान । सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख २१ गतेदेखि पटक पटक निषेधाज्ञाको म्याद थपिएको थियो ।

वैशाख २१ देखि लगाइएको निषेधाज्ञा जोखिम कायमै रहेको भन्दै १५ दिनका लागि थप भएको हो । अब असरा १५ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने छ ।

निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका सेवा भने बन्द रहने छन् ।

यस्तै खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने छ ।

होटल व्यवसाय भने अनलाइन वा फोनबाट बुकिङ गरी होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि बिहान ९ बजदेखि दिउँसो १ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्मको समय तोकिएको छ ।

सिरहामा कोभिडको दोस्रो लहरमा हालसम्म एक हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने ९५ जनाको मृत्यु भएको छ । ९३४ जना संक्रमित निको भएका छन् । सिरहामा हाल संक्रिय संक्रमितको संख्या ४१२ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780