आजदेखि नयाँ शैक्षिक सत्र, तत्काल पढाइ नहुने

जनकपुरधाम । सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ। कोरोना महामारी नै कायम रहेकोले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ।

यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। शैक्षिक सत्रसँगै भर्ना अभियान सुरू भएको छ।

यस्तै भर्चुअल माध्यमबाट पनि पठनपाठनको व्यवस्थापन मिलाइने मन्त्रालयले बताएको छ।

सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा एसईई विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै गर्ने भएको छ।

साउन १५ भित्र एसईईको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिएको छ जसका लागि विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर असार २० भित्र पठाइसक्नुपर्नेछ।

साधारणतया वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्थ्यो। कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो।

मन्त्रालयले गत जेठ २३ मै विज्ञप्ति निकालेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरू हुने उल्लेख गरेको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780