साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ ।

गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्नुपर्छ । सोहीअनुरूप असारभित्रै अन्तिम मूल्याङ्कन गर्न बोर्डले विद्यालयहरूलाई भनेको हो ।

‘हामीले गत साल कार्यविधि बनाएर कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गर्नुपर्ने भनेका थियौँ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मधेशलाईभसँग भने, ‘अहिले पनि विद्यालयहरूलाई सोही कार्यविधिअनुरूप चल्न र साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न भनेका हौँ ।’

बोर्डले गत वर्ष कार्यविधि बनाएर कक्षा ११ को मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस