‘महन्थ पक्ष प्रतिगमनवादी धारको मतियार बनेर फर्जी कार्यहरु गरिरहेको छ’

जनकपुर, ५ असार । जनता समाजवादी पार्टी निकटको नेपाल बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादवले महन्थ ठाकुर पक्ष ओली समूहकै प्रतिगमनवादी धारको मतियार बनेर फर्जी कार्यहरु गरिरहेको आरोप लगाएका छन् ।

पार्टीभित्र देखिएको विवाद एवम् असन्तुष्टिबारे जनकपुरधाममा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन् । २०७७ पुस ५ गते ओली सरकारले संसद विघटन गरेसँगै दुई धार भएको नेकपाका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या ४ सय ४१ बाट बढाएर ११ सय पु¥याएर निर्वाचन आयोगमा पत्र पठाएको चर्चा गर्दै उनले भने ‘तर पछि आयोगले उक्त निर्णय अमान्य घोषणा गरिदियो र अहिले नेकपा खारेज भएसँगै त्यो च्याप्टर क्लोज भएको छ, त्यस्तै अवस्था ठाकुर पक्षको हुनेछ ।

ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिति सदस्यको व्यापक हेरफेर गर्दै निर्वाचन आयोगमा पत्र पठाएको प्रसङ्ग नेपाल बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष यादवले दोहर्याए । ‘अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकटका व्यक्तिहरुलाई नयाँ सदस्य थपेर मनोनित गरेका छन्’ उनले थपे ‘मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन् ।’

जेठ ३ गते कार्यकारिणी समिति सदस्यको हेरफेर गरेको बताउँदै हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाएको छ । २०७७ पुस १० गते बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको ठाकुर पक्षले दाबी गरेको बताउँदै उनले भने ‘पुस ७ गतेको कार्यकारिणी समितिले गरेको निर्णय भनी पेश गरिएको प्रतिलिपी समेत फर्जी छ, दुवै अध्यक्षको हस्ताक्षर सहित प्रतिगमनकदमको विरोध गर्ने तालीका समेत उल्लेख गरिएको छ, साथै उक्त माइन्युटमा कही कतै महन्थ ठाकुरले दावी गरे जस्तो कुनै निर्णय भएकै छैन ।’

जेठ ६ गते बोलाएको हेरफेर गरिएको कार्यकारिणी समिति सदस्यको बैठकले संसदीय दलको नेता चयन गर्ने संसदीय दलको बैठकको निर्णय, संसदीय दलको विधानलगायत अनुमोदन गराएको उक्त निर्णय आफैमा विवादित रहेको उनको तर्क छ । सोही दिन बसेको ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय समेत गरेको नेपाल बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष यादवले चर्चा गरे ।

यस अघि निर्वाचन आयोगले दुवै अध्यक्षले गरेका निर्णयहरु खारेज गरिदिएको थियो । खारेजीको निर्णयपछि पुनः अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै आयोग पुगेको र न्याय पाउनेमा आफुहरु आशावादी रहेको उनले बताए । ठाकुर पक्षले गरेको निर्णय किर्ते र प्रतिगमनको मतियार भएको नेपाल बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष यादवले दावी गरे ।

यो पनिः

ओलीतन्त्र भनेकै यही हो, मधेशीलाई ठग्ने !

Author:



क्याटोगरी छान्‍नुहोस