सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

राजविराज, ६ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका-३ का सञ्जिब लौगी छन् ।

हिजो (शनिबार) साँझ स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका सञ्जिबलाई करेन्ट लागेको थियो । बिजुलीको तारमा फलामको पाइप सञ्जिबलाई करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताए ।

उनका अनुसार भुईंमा छटपटाएको देखेर छाेडाउन गएका उनका दाजु सुरेन्द्र र बचाइका छोरा शिवकुमार माझी पनि करेन्ट लागेर घाइते भएका छन् । घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ भने माझीकाे अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस