डेढ महिनापछि आजदेखि खुल्यो सप्तरीमा मालपोत र नापी कार्यालय

राजविराज । सप्तरीमा भुमि सुधार तथा मालपोत र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा आजदेखि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण दर घट्दो रहेको भन्दै भीडभाड नहुने गरी कार्यालय सञ्चालनमा ल्याउन भनेको छ ।

गत शुक्रवार जारी गरिएको सूचनामा भनिएको छ, ‘यस जिल्लामा कोरोनाको संक्रमणको दर घट्दो क्रममा रहेको तथा जिल्लामा लामो समयदेखि जारी निषेधाज्ञाको प्रत्यक्ष असर व्यापार व्यवसायीमा परेको कुरालाई दृष्टिगत गरी उद्योग वाणिज्य संघ सप्तरीको अनुरोधमा व्यापार व्यवसायलाई चलायमान बनाउन भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा तथा दृष्टिबन्धक लगायतका कार्यहरु मालपोत कार्यालय र नापी कार्यालयहरुबाट २०७८/०३/०६ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना जारी गरिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780