अहिले देश संकटमा पर्नुको प्रमुख कारण राजनीति: डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी (जपसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलकै कारण देश संकटमा परेको बताएका छन् । उनले आज ट्वीट गर्दै राजनीतिक दल र नेतृत्वको स्खलन नै अहिले देश संकटको प्रमुख कारण रहेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ उनले लेखेका छन्–‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !’

Author:



क्याटोगरी छान्‍नुहोस