औद्योगिक क्षेत्रको विकासले नै मुलुक समृद्ध हुन्छ: मन्त्री यादव

सिरहा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको बताएका छन् ।

जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन् । ‘मुलुकमा उद्योगमैत्री वातावरण बनाएर बढाउन सकियो भने मात्रै औद्योगिक विकास सम्भव छ’ उनले भने–‘औद्योगिक विकासले नै बेरोजगारी न्यूनिकरण गर्न सकिन्छ, सोही उद्देश्यले अघि बढेका छौं ।’

मन्त्री यादवले औद्योगिक क्षेत्रको विस्तार र विकासले नै मुलुकमा आर्थिक क्रान्ति सम्भव पनि बताए । ‘यसका लागि सञ्चालित उद्योगहरुलाई व्यवस्थित गरेर पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योगहरु स्थापना गर्नेतर्फ गृहकार्य भइरहेको छ’ उनले भने–‘औद्योगिक क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई आग्रह छ, ढुक्क भएर लगानी गर्नस् सरकार तपाईहरुको साथमा छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780