मोरङमा १८ किलो गाँजा र ७ लाख नगदसहित छ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले प्रतिबन्धित गाँजा ओसार–पसार तथा बेचबिखनमा संलग्न तीन भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य अररिया फार्बिजगन्जका १९ बर्षीय सोनु कुमार यादव, पिर्पाघाट विशनपुरका २८ बर्षीय जयराम यादव र अररियाकै नरपथगन्ज सोनापुरका ३० बर्षीय रन्जित भनिने प्रिन्स विचितर कुमार छन् ।

यसैगरी सुनसरीको देवानगन्ज–१ का ४० बर्षीय उमेश यादव, धनकुटाको सहिदभुमि गाउँपालिका–१ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राईलाई गाँजा र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १८ किलो गाँजासहित सात लाख १६ हजार ६ सय नेपाली रुपैयाँ, २ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ ।

विराटनगर महानगरपालिका–६ रामपुर स्थित झाँडीमा लुकाएर राखेको सो गाँजा बरामद गरी अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गर्दै आएको को १च २४१२ नम्बरको मारुतीमा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस