कोशी ब्यारेजमा पानीको वहाव बढ्दै, १८ वटा ढोका खोलियो

राजविराज । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कोशी ब्यारेजमा पनि विहानैदेखि पानीको वहाव बढ्दो छ । आज विहान गरिएको मापदन अनुसार एक लाख क्यूसेक नाघेको छ । प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी जवान भोला कुमार तामाङले मधेश लाइभलाई दिएको जानकारी अनुसार विहान ९ बजेतिर एक लाख १० हजार पानीको वहाव मापन गरिएको हो ।

हाल ५६ मध्ये १८ वटा ढोका खुला गरिएको छ भने अझै वहाव बढ्ने क्रम जारी नै रहेको ब्यारेज प्रशासनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस