आफैँले बोकेको बन्दुक पड्किएर वीरगञ्जमा एक सैनिक घाइते

जनकपुरधाम । पर्साको वीरगञ्जमा आफैँले बोकेको बन्दुकको गोली लागेर एक जना सैनिक घाइते भएका छन् ।

पोखरिया नगरपालिका- ५ घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानको चिउँडोमा गोली लागेको छ । उनी पर्साको वीरगञ्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत थिए ।

आइतबार साँझ उनको ड्युटी थियो । ड्युटीकै समयमा गोली पड्किएको आवाज आएको थियो । गोली लागेर घाइते भएका चौहानलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो । त्यसपछि थप उपचारका लागि नेसनल मेडिकल कलेज लगियो ।

चौहानलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780