सप्तरीमा बालिका हत्या प्रकरणः १९ वर्षीय यादव पक्राउ

राजविराज, ७ असार । सप्तरीमा नौ वर्षीया बालिकाको घाँटी रेटेर भएको हत्या घटनाका एक जना आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–३ हटैलका १९ वर्षीय रोहितकुमार यादव छन् ।

गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए । ‘आरोपीको प्रारम्भिक वयानअनुसार करणी गर्न खोजेको र नमाने घाँटी रेटी हत्या गरेको बुझिएको छ’ उनले भने–‘आरोपी हाल ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।’

घटना भएसँगै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो नेतृत्वमा विशेष टोली खटाइएको थियो ।

यो पनिः

सप्तरीमा नौ वर्षीया बालिकाको घाँटी रेटी हत्या, विशेष टोलीले थाले अनुसन्धान

Author:



क्याटोगरी छान्‍नुहोस