सप्तरीमा निषेधाज्ञा खुकुलो, यी पसलहरु खोल्न पाइने

राजविराज, ७ असार । कोभिड–१९ नियन्त्रण गर्न सप्तरीमा जारी रहेको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज (सोमबार) बसेको बैठकले केही पसलहरु खुलाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनाअनुसार खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका (होटेल, सैलुन, ब्यूटी पार्लर, जिम क्लव, सिनेमा हल तथा मानिसहरुको भीडभाड भई गरिने क्रियाकलापबाहेक)का पसलहरु खुलाउने निर्णय गरिएको छ । भोली (मंगलवार) विहान १० बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु खुला रहने सूचनामा उल्लेख छ ।

यसैगरी जिल्लाभित्र बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन बाहेक निजी सवारी जोर–विजोर प्रणालीबाट सञ्चालन हुनेछ । नागरिकहरुलाई प्रत्येक्ष रुपमा सेवा प्रवाह गर्ने कार्यालयहरुले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै के–कसरी कार्यालय सूचना गर्न सकिन्छ भन्ने विषयमा कार्यतालिका बनाएर आगामी ११ गते शुक्रवार विहान ११ बजेसम्म प्रशासनमा पेश गर्ने र सोही आधारमा कार्यालयहरुमा १३ गतेबाट सुचारु गर्न सूचनामा भनिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780