आधिकारिकता दाबीको प्रमाण पेस गर्न ठाकुरलाई पत्र

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हो ।

योसँगै राजपाको आधिकारिकतासम्बन्धी विवादको निरूपण प्रक्रिया औपचारिक रूपमै सुरु भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षले आधिकारिकता दाबी गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा २ अनुसार अध्यक्ष यादव पक्षलाई सूचना दिइएको बताए ।

आयोगले पत्र पठाएसँगै अब ठाकुर पक्षले आफ्नो लिखित जवाफ एवं त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्नेछ । तर १५ दिनभित्र जवाफ पेस गर्न नसके वा सम्बन्धित पक्षको अनुरोधमा १० दिन समय थप गर्नसमेत सक्ने व्यवस्था ऐनमा छ । यो व्यवथाअनुसार ठाकुर पक्षले तोकिएको १५ र समय नपुगेको अवस्थामा थप १० दिन लिएर कुल २५ दिनभित्र आफ्नो आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गरिसक्नुपर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने/नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दर्ता किताबमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए । सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए ।

आयोगले गत आइतबार दुवै पक्षको कारबाही विधानसम्मत नभएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता माग गर्दै शुक्रबार आयोगमा निवेदन दिएको थियो । नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780