सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

लहान, ८ असार । सिरहामा छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर लागेर दुई जनाको मृत्यु भएको छ । भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव र लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साहको हिजो (सोमबार) करेन्ट लागेर मृत्यु भएको हो ।

बाह्र हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैगरी घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस