ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा ट्रिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमतर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरले प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–६ सौठाका ४२ बर्षीय तिलक राज खडका गम्भीर घाइते भएका थिए । खडकालाई उपचारको लागि रंगेली अस्पताल पुर्याइएकोमा सोही ठाउँमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

ट्रिपर र चालक धनपालथान–६ का ३९ बर्षीय विद्या सागर रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस