मुलुकमा संकटकाल लगाएर निरंकुशतातर्फ लैजाने ओलीको योजनाः उपेन्द्र यादव

राजविराज, १२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निरंकुशता लादन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसदमाथि प्रहार गर्दै आएको आरोप लगाएका छन् । आज (शनिवार) सप्तरीको राजविराजमा आयोजना गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारेर स्वच्छाचारी शासन प्रणालीतर्फ लाने प्रयास गरिरहेको नेता यादवले बताए । ‘संसदलाई समाप्त पर्ने, यसपछि प्रदेशहरुलाई भंग गर्ने र मुलुकमा संकटकाल लगाएर स्वच्छाचारी राज्यतर्फ लैजाने प्रधानमन्त्री ओलीले योजनातहत नै अघि बढ्नुभएको छ’ उनले भने–‘स्वच्छाचारी भनेकै निरंकुशता हो, गैरलोकतान्त्रिक कदमै भनेको प्रतिगमन हो, त्यसपछि आउने के–के व्यवस्था होला, त्यो कल्पना गर्न सकिदैन् ।’

नेता यादवले स्वच्छाचारी निरंकुशता विरुद्ध लडाइ लड्नको लागि पाँच दलीय गठबन्धन अघि बढेको बताए । ‘सरकार गठनको सन्दर्भमा बोल्दै नेता यादवले संविधानको धारा ७६ (५) बमोजिम बहुमतको नयाँ सरकार गठनको लागि राष्ट्रपतिद्वारा गरिएको आह्वानअनुसार १४९ जना हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन सर्वोच्च अदालतबाट परमादेश जारी हुन्छ’ उनले–‘यसबाट नै संसद पुर्नस्थापना र लोकतन्त्रणको रक्षा हुने कुरामा आफुहरु ढुक्क छौं ।’

कार्यक्रममा अध्यक्ष यादवले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झालाई ९ थान अक्सिजन कन्सेनट्रेटर (अक्सीजन दिने मेसिन) र ७० कार्टुन एन–९५ मास्कसहितका स्वास्थ्य समाग्री उपलब्ध गराएका छन् ।

कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश २ की उपसभामुख उपमा देव, जनता समाजवादी पार्टीकी नेतृ रेणु कुमारी यादव, प्रदेश २ आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780