यादव सेवा समिति र महिला संघद्वारा बाढी पीडितलाई खाद्यान्न सहयोग

राजविराज, १२ असार । नेपाल यादव सेवा समिति र अखिल नेपाल यादव महिला संघले शुक्रवार सिन्धुपाल्चोकका बाढी पीडितहरुका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ ।

समिति र संघ आवद्ध व्यक्तिहरुले हेलम्बु गाउँपालिका पुगेरै राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष राजकुमार लामिछानेसहित स्थानीयहरुको रोहबरमा चामल, दाल, खाने तेल, चिउरा, नून, मस्योरा, सेनेटरी प्याड, वाटरगार्ड लगायतका सामग्री सहयोग गरेको हो ।

बाढी पीडितलाई ठुलो सहयोग गर्न नसकिए पनि उक्त खाद्यान्न सामग्रीले केही हदसम्म राहत पुग्ने जनाएको छ । समितिले मानवीय सेवाको कार्यमा साथ र सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस