दुई हप्ता नबित्दै फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

जनकपुरधाम । नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थकाे मूल्य बढाएको छ । यसअघि असार ९ गते निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे थियाे । तर, मूल्य बढाएकाे दुई हप्ता नबित्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पुन: पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे हाे ।

नयाँ मूल्य अनुसार पेट्राेल, डिजेर/मट्टीतेलकाे मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएकाे छ । जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ, डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७५४ डलर पुगेकाे छ ।

यसपटक खाना पकाउने ग्यासको मूल्य पनि बढेकाे छ । जसअनुसार प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस